काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सुस्त बजार, कमजोर माग र खस्किँदो व्यावसायिक मनोबलका कारण मुलुकको अर्थतन्त्र गम्भीर चुनौतीबाट गुज्रिरहेको बताएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि शुरु भएको १८ औं नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफ्ना ३६ वर्षको व्यावसायिक यात्रामा यस्तो कठिन समय कहिल्यै नदेखेको बताए। ​सरकारले बजेटमार्फत उच्च आर्थिक वृद्धि, प्रतिव्यक्ति आय वृद्धि र लाखौं रोजगारी सिर्जना गर्ने जस्ता ठूला लक्ष्य घोषणा गरे पनि स्पष्ट रणनीति, ठोस नीति र कार्ययोजनाको अभाव रहेको पनि श्रेष्ठको भनाई थियो ।

ad

केवल भाषण र घोषणामा सीमित नभई देशको अर्थतन्त्रलाई गति दिन समग्र पुनर्संरचना आवश्यक रहेको उनले बताए । उनले व्यवसायीहरुको मनोबल इतिहासकै कमजोर अवस्थामा रहेको स्पष्ट पारे ।