
काठमाडौं । बारामा एक ४ बर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका आरोपीले बयान दिईरहेको भिडियो खिच्ने एक जना प्रहरी हवल्दार पक्राउ परेका छन् ।
अन्य ४ जनामाथि पनि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर फौजदारी कसूरमा अनुसन्धान अगाडि बढाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए।
घटनामा संलग्न किशोरको बयानको भिडिओ अहिले समाजिक सञ्जालमा भाइरल भएको छ।









Facebook Comments