
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरूद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ।
उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले आज कारण देखाऊ आदेश दिएको हो।
निवेदन माग बमोजिमको आदेश जारी हुनुपर्ने हो, होइन लिखित जबाफ पेस गर्न पनि आदेशमा भनिएको छ।
अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा भने भदौ १० गते दुवै पक्षसँग छलफल हुनेछ। राप्रपा सांसद कुमारी तामाङले मुख्यमन्त्री नियुक्तिविरूद्ध अन्तरिम आदेश माग गरेकी थिइन्।









Facebook Comments