काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमी–कमजोरीबाट शिक्षा लिएर सम्पूर्ण कम्युनिस्ट पार्टीहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रियता र देशको हितका लागि कम्युनिस्ट शक्तिहरूले रणनीतिक रूपमा आन्दोलनको तयारी गर्नुपर्ने बताए ।

ad

उनले राष्ट्रियतामाथि अहिले गम्भीर संकट उत्पन्न भएको बताए । सुगौली सन्धिपछि राष्ट्रियतामा यति धेरै संकट आएको थिएन’, प्रचण्डले भने ।