काठमाडौं । खाना पकाउने ग्यासको चरम अभावले विद्यार्थीहरुले समस्या भोग्नुपरेको भन्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका बिद्यार्थीहरुले आज राजधानीमा प्रदर्शन गरेका छन् । बिद्यार्थीहरुले त्रिचन्द्र क्याम्पस अगाडि खाली सिलिन्डर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । 

सहभागीले ‘नो लाइन भनेको होइन सरकार ? ग्यासमा लाइन किन देखियो ?, ‘चुलो निभ्यो पढाइ रोकियो, सरकारको व्यवस्थापन कहाँ हरायो ?’, ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’, ‘ग्यासको समस्या समाधान गर’, ‘विद्यार्थीको समस्या समाधान गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

ad