
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन प्रधानमन्त्रीलाई रूलिङ गरेका छन्।
आजको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन रूलिङ गरेका हुन्।
प्रतिनिधि सभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्नमा जबाफ दिनुपर्ने व्यवस्था छ।









Facebook Comments