काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बस्ने भनिएको १५औँ बैठक स्थगित भएको छ । 


सोमबार बिहान १० बजेका लागि तय गरिएको उक्त बैठक विशेष कारणवश स्थगित गरिएको थियो । ‘समितिको मिति २०८३/०५/०१ गते सोमबार बिहान १० बजेका लागि निर्धारित बैठक विशेष कारणवश स्थगित भएको ब्यहोरा समितिका माननीय सदस्यहरूको जानकारीको लागि अनुरोध छ’,सूचनामा भनिएको छ।

ad

बजारमा चिनीको सहज आपूर्तिका विषयमा देखिएका समस्या र समाधानका उपायबारे आज समितिमा छलफल हुने कार्यतालिका थियो।