काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन्। पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै उनी काठमाडौं आएका हुन्।

नेपाल भ्रमणका क्रममा उनलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ। नेपाल र भारतका सेना प्रमुखलाई एकअर्को देशमा नियुक्त भएपछि पारस्परिक भ्रमण गराउने तथा मानार्थ महारथीको दर्जा दिने परम्परा रहँदै आएको छ।

ad

यसै परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई पनि भारत भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।

नेपाल भ्रमणका क्रममा भारतीय सेना प्रमुख सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाह, प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठनपछि भारतबाट नेपाल आउने उच्चस्तरीय अधिकारीका रूपमा सेठको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।