काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव तत्काल हटाउन सरकारलाई रुलिङ गरेका छन् ।


राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष दाहालले दैनिक उपभोग्य वस्तुमध्ये अत्यावश्यक मानिने ग्यासको अभावका कारण सर्वसाधारणले समस्या भोगिरहेको भन्दै समस्या समाधानका लागि तत्काल आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

ad

ग्यासको अभावका कारण उपभोक्ताले लामो समयसम्म लाइन बस्नुपर्ने तथा महँगो मूल्यमा ग्यास खरिद गर्नुपर्ने अवस्था आउन नदिन आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष दाहालले जोड दिए ।