काठमाडौं । सुर्खेत र सल्यानको सिमानामा पर्ने बनगाड नगरपालिकास्थित बालुवासंग्रहीमा बोलेरो जीप भेरी नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् । सल्लीबजार जाँदै लु १ ज ३०२२ नम्बरको बोलेरो जीप भेरी नदीमा खसेको हो ।

जीपमा चारजना सवार रहेकोमा दुईजना पौडिएर नदीबाट सकुशल बाहिर निस्कन सफल भएका छन् । तर, जीपमा सवार अन्य दुई जना भने बेपत्ता छन् । बेपत्ताको खोजीका लागि प्रहरी टोली परिचालन गरेको छ।
दुर्घटनाको कारण भने खुल्न बाँकी छ ।

ad