
सुर्खेत । सुर्खेतको सिम्ताबाट गुमीतर्फ आउँदै गरेको क. प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
उक्त गाडी आफै अनियन्त्रित भई सडकमै पल्टिएको थियो । गाडीमा चालकसहित २० जना सवार थिए। घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



Facebook Comments