काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिएका छन् ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै जनाको राजीनामा स्वीकृत गरेको छ । गत साउन १३ मा सञ्चार मन्त्रालय सरुवा भएका पोखरेलले दुई सातामै राजीनामा दिएका हुन् । सचिव पोखरेलको सेवा अवधि अझै एक वर्षभन्दा बढी बाँकी थियो ।

ad

राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएकोमा असन्तुष्ट रहेका पोखरेलले राजीनामा दिएका हुन् । उनले राजीनामाको कारण भने खुलाएका छैनन् । अधिकारी भने यही भदौ ४ मा अनिवार्य अवकाशमा जाँदै थिए ।