जनकपुरधामं । धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।


बुधबार दिउँसो अदालत अगाडि मिटरब्याज पीडितले नारावाजी गर्दै विरोध प्रदर्शन गरिरहेको अवस्थामा जनकपुर उपमहानगरपालिका ४ की फुलकुमारी रजकले आत्मदाहको प्रयास गरेकी प्रहरीले जनाएको छ ।

ad

प्रदर्शनका क्रममा रजकले आफ्नो शरीरमा पेट्रोल खन्याएपछि प्रहरीले उनलाई रोकेको थियो । अदालतमा पक्राउ परेका मिटर ब्याज साहुविरुद्ध थुनछेक बहस भइरहेको छ । मिटर ब्याज साहु गोपाल साह,रेखा साह र हरेराम साहविरुद्ध थुनछेक बहस भइरहेको छ ।