
काठमाडौं । काठमाडौं । थाईल्याण्ड भ्रमणमा रहेका पर्यटन व्यवसायी तथा होटल संघ नेपाल, बाग्मती प्रदेशका अध्यक्ष रामसुन्दर बके नेतृत्वको टोलीले बैंककमा थाईल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीसँग शिष्टाचार भेटघाट गरेको छ ।
भेटका अवसरमा नेपालमा पर्यटन प्रवद्र्धन गर्न विविध बिषयमा छलफल भएको थियो । विश्व पर्यटन बजारमा सफल गन्तव्यका रूपमा स्थापित थाईल्याण्डबाट पर्यटन प्रवद्र्धनका लागि नेपालले सिक्नुपर्ने पाठका बिषयमा पनि छलफल भएको थियो । व्यवस्थित ब्रान्डिङ, विविध पर्यटन उत्पादन, आक्रामक अन्तर्राष्ट्रिय मार्केटिङ, पूर्वाधार, निजी क्षेत्रसँगको सहकार्य र पर्यटकमैत्री सेवाकै कारण थाइल्याण्ड विश्व पर्यटन बजारको गन्तव्य बनिरहेको बिषयमा पनि छलफल केन्द्रीत रहेको थियो । सो भेटघाटमा सञ्चारकर्मीहरु सचिन दाहाल र रामदत्त मिश्रको पनि सहभागिता थियो ।
सो अवसरमा राजदूत ओलीको आत्मीय आतिथ्यता र शुभेच्छाप्रति पर्यटन व्यवसायी बकेले हार्दिक आभार व्यक्त गरे । महामहिम राजदूत ओलीसँग भेटघाट गर्ने अवसर प्राप्त भएकोमा आफ्नो लागि सम्मानको बिषय भएको पर्यटन व्यवसायी बकेले बताए ।









Facebook Comments