
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालका निम्ति भारतीय र चिनियाँ राजदूतसँग भोलि सोमबार छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री शाहले साउन २५ सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरबारमा छुट्टाछुट्टै भेटने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले भोलि बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो ३ बजे नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री शाहले विदेशी राजदूतहरूलाई पहिलोपटक छुट्टाछुट्टै भेट दिन लागेका हुन् । यस अघि प्रधानमन्त्री शाहले दुईपटक नेपालका लागि विभिन्न देशका राजदूतहरूलाई सामूहिक भेटवार्ता गरेका थिए ।








Facebook Comments