कपिलवस्तु । शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेस नेता किरण सिंह आज गोरुसिङ्गे जंगलमा मृत फेला परेका छन् ।


६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।

ad

प्रहरीसहितको टोलीले खोजी गर्ने क्रममा आज उनको शब मोटरसाइकल निकट फेला पारेको हो। सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो । यस घटनाको अनुसन्धान जारी रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।