काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

हाल कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ, तराई भूभागमा आंशिक बादल देखि मौसम मूख्यतया सफा रहेको छ । बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षा तथा कोशी, मधेश र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा पनि हल्का वर्षा भईरहेको छ ।

ad

दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

 तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेशको साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।