काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधानको पुनर्लेखनभन्दा पनि कार्यान्वयनका क्रममा देखिएका जटिलतालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । 


नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै नेता आङदेम्बेले संविधान कार्यान्वयनको १० वर्षमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसङ्ख्यक, मुस्लिम र थारु समुदायले भोग्नुपरेका समस्यालाई पहिचान गरी संशोधनमार्फत समाधान खोजिनुपर्ने बताए ।

ad

पछिल्लो समय लोकप्रियताका नाममा संविधानविरुद्ध भ्रामक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द्व निम्त्याउने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।