
काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा यांकी उक्याबलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन् । उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट जननीति शास्त्रमा स्नातकोत्तर गरेकी छन् । उनीसँग संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकार तथा यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीका रूपमा कार्य गरेको अनुभव छ ।









Facebook Comments