काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको साम्प्रदायिक हिंसात्मक घटनामा गम्भीर घाइते भएका २१ बर्षीय रबिन्द्र मेहताको उपचारका क्रममा काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा निधन भएको छ। अस्पतालमा उपचाररत मेहताको आज बिहान निधन भएको हो । 


रविन्द्रको निधनसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि सो घटनामा जयप्रकाश मेहता र ओमप्रकाश मेहताको मृत्यु भइसकेको थियो। 

ad