काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भट्टराईलाई सोमबार काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

ad

उनीमाथि राहदानी ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। पक्राउपछि उनीमाथि सोही ऐनअनुसार आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनासम्बन्धी थप विवरण भने सार्वजनिक गरिसकेको छैन। अनुसन्धान जारी रहेकाले आवश्यक तथ्य संकलनपछि थप जानकारी सार्वजनिक गरिने जनाइएको छ।