
काठमाडौं । न्यूनतम पारिश्रमिक र मर्यादित कामको ग्यारेन्टी हुनुपर्ने माग गर्दै आन्दोलनरत नर्सहरूले आज काठमाडौं वीर अस्पतालमा प्रदर्शन गरेका छन् ।
नर्सिङ क्षेत्रको समग्र सुधारका लागि नर्स ज्योति रानाभाटले शुरु गरेको आमरण अनशन पाँचौँ दिनमा पुग्दासमेत सरकारले बेवास्ता गरेपछि रुष्ट बनेका स्वास्थ्यकर्मीहरूले वीर अस्पताल अगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् ।
स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील निकायमा कार्यरत जनशक्तिमाथि वर्षौँदेखि हुँदै आएको शोषणविरुद्ध यसअघि पनि पटक–पटक सहमति र सम्झौताहरू भए पनि सरकार र सरोकारवाला निकायले ती सहमति र सम्झौताहरु पूरा नगर्दा आफूहरू पुनः सडकमा आएको आन्दोलनरत नर्सहरुको भनाई छ ।








Facebook Comments