काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुर नजिक मध्यपहाडी राजमार्गमा एउटा कार सुनकोशी नदीमा खसेको छ।
प्रारम्भिक जानकारीअनुसार बससँग ठोक्किएर कार सुनकोशी नदीमा खसेको हो । कारमा चार जना सवार रहेको अनुमान गरिएको छ। दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्धार टोली घटनास्थलतर्फ परिचालित भएका छन्।
कारमा मध्यपहाडी राजमार्ग निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीसहितका व्यक्तिहरू रहेको बताइएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको र उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।









Facebook Comments