काठमाडौं । थाइल्याण्डबाट नेपाल ल्याएको ११ किलो गाँजासहित तीनजना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको पञ्जाबको लुधियाना घर भएका ३० वर्षीय सोनी,२३ वर्षीय जागरुप सिंह तथा भारतको हरियाणाको करनाल घर भएका २२ वर्षीय साहिल रहेका छन्।

ad

लागु औषध नियन्त्रण ब्युरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले शनिबार राति क्याथे प्यासिफिक एयरवेजको उडान नम्बर सीएक्स–६०२मार्फत थाइल्यान्डको हङकङ हुँदै नेपाल आएका दुई भारतीय नागरिकलाई झोलाभित्र लुकाइ ल्याएको ११ किलोग्राम गाँजासहित पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ११ किलोग्राम गाँजासहित तीन थान पासपोर्ट र तीन थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

प्रहरीले उक्त गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई समेत पक्राउ गरेको थियो । पक्राउ परेका तीनैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।