काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको शोकमा तीन दिन पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।


आज बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले १३–१५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

ad

बैठकले बिहीबार एक दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने पनि निर्णय गरेको छ । वरिष्ठ नेता श्रेष्ठको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
स्वर्गारोहणको १३ औं दिनमा श्रेष्ठको गृहजिल्ला स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।