काठमाडौं । भारत सरकारले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिएको जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई औपचारिक निम्तो पठाइसकिएको जानकारी दिएका हुन्।

ad

पत्रकारहरूले नेपालका प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणबारे सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता जयसवालले भ्रमणका लागि निम्तो दिइसकिएको पुष्टि गरेका थिए।

यद्यपि, प्रधानमन्त्री शाहको भारत भ्रमण कहिले हुने वा भ्रमणको मिति तय भइसकेको छ वा छैन भन्नेबारे भारतीय पक्षले थप विवरण सार्वजनिक गरेको छैन।