काठमाडौं । पार्टीभित्र छलफल नै नगरी नेकपाका संयोजक प्रचण्डले एमालेसँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमति गरेपछि असन्तुष्ट बनेका पार्टीका सहसंयोजक माधवकुमार नेपाललाई आज उनकै निवास, कोटेश्वरमा पुगेर भेटेका छन् ।  

गत शनिबार ओली र प्रचण्डबीच देशका पाँच प्रदेशमा सरकार गठन र शक्ति बाँडफाँटका विषयमा तीनबुँदे सहमति भएको थियो । उक्त सहमतिलाई लिएर सहसंयोजक नेपालले भने गम्भीर आपत्ति जनाउँदै आएका छन् ।

ad

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणलाई मजबुत बनाउने उपाय र नयाँ सहमतिका लगायतका बिषयमा छलफल भएको बताइएको छ ।