
काठमाडौं । गृहमन्त्री मन्त्री सुधन गुरुङले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीचको झडपको विषयलाई लिएर उत्पन्न तनावबारे छलफल गर्न आज बेलुका केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । मन्त्री गुरुङले आज बेलुका ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन् ।
गृहमन्त्रीले घटनाबारे सोमबार बिहान पनि गृहसचिव राजकुमार श्रेष्ठ, आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेललगायतसँग छलफल गरेका थिए ।
मन्त्रालयले सुनसरी घटनाबारे छानबिनका लागि सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा छानबिन समितिसमेत गठन गरेको छ ।









Facebook Comments