पोखरा। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन र उपयोग गर्ने उद्देश्यले प्रदेशसभाबाट पारित विधेयक पुनःविचारका लागि फिर्ता पठाएका छन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश प्रमुख भट्टले शुक्रबार सन्देशसहित उक्त विधेयक प्रदेशसभामा फिर्ता पठाएका हुन्। प्रदेश प्रमुखका प्रेस संयोजक प्रवीण पौडेलले विधेयक पुनःविचारका लागि प्रदेशसभामा पठाइएको जानकारी दिएका छन्।

ad

गण्डकी प्रदेशसभाले उक्त विधेयक गत असार २५ गते पारित गरेको थियो। त्यसपछि प्रमाणीकरणका लागि प्रदेशसभा सचिवालयले असार ३० गते प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो।

अब प्रदेशसभाले प्रदेश प्रमुखले उठाएका विषयमा पुनः छलफल गरी आवश्यक निर्णय गर्नुपर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।