रूकुम पश्चिममा आइतबार अपराह्न ५ म्याग्नेच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न करिब ४ः३० बजे रूकुम पश्चिमको कोल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

ad

भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस भएको जनाइएको छ। यद्यपि, हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण प्राप्त भएको छैन।

स्थानीय प्रशासन तथा सम्बन्धित निकायले सम्भावित क्षतिको विवरण संकलन गरिरहेको जनाइएको छ।