
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या देखिएको छ। डेस्कटप कम्युटरको वेब ब्राउजरमा फेसबुक एकाउन्ट खोलिने गरेको छैन ।
यद्यपी मोबाइल एपमा भने समस्या देखिएको छैन । फेसबुकमा देखिएको सन्देशमा भनिएको छ, “खाता अस्थायी रूपमा उपलब्ध छैन । वेबसाइटमा आएको प्राविधिक समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन । हामी यो समस्या चाँडै समाधान हुने अपेक्षा गर्दछौँ । कृपया केही मिनेटपछि पुनः प्रयास गर्नुहोस् ।”
फेसबुकमा आएको प्राविधिक समस्याका बारेमा मेटाले औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन ।









Facebook Comments