
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। उनलाई निगमको महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गरिएको हो।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सरकारको निर्णयअनुसार श्रेष्ठले अब निगमको सञ्चालक समितिको अध्यक्षका साथै महाप्रबन्धकको कार्यसमेत एकैसाथ सञ्चालन गर्नेछन्।









Facebook Comments