
काठमाडौं । नयाँ सरकार गठनपछि पनि शेयर बजारमा निरन्तर गिरावट आएको भन्दै लगानीकर्ताहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय घेराउ गरेका छन् ।
शेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा गएको टोलीले बजारलाई व्यवस्थित बनाउन र थप ओरालो लाग्नबाट रोक्न तत्काल नीतिगत हस्तक्षेप गर्न माग गरेको छ । नयाँ सरकार गठनसँगै बजार बढ्ने अपेक्षा गरिए पनि सूचक लगातार घटिरहेको प्रति लगानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।
नियामक निकायले बजारलाई व्यवस्थित बनाउन आवश्यक नीति, नियम र पूर्वाधार निर्माणमा प्रभावकारी भूमिका खेल्नुपर्ने लगानीकर्ताहरुले बताएका छन् ।











Facebook Comments