काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित सांसदहरूलाई  प्रशिक्षण दिन आज र भोलि अभिमुखीकरण कार्यक्रम राखेको छ।  

प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदहरूलाई ललितपुरको ग्वार्कोस्थित टुलिप होटलमा आयोजित कार्यक्रमको उद्घाटन उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेले घण्टी बजाएर गरेका छन्। कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह उपस्थित भएका छैनन्। स्वास्थ्य र कार्यव्यस्तताका कारण रवि र बालेन आज उपस्थित हुन नसकेको बताइएको छ ।

ad

अभिमुखीकरणको समापन समारोहलाई भने सभापति लामिछानेले सम्बोधन गर्ने कार्यतालिका छ। तर वरिष्ठ नेता बालेन शाहको भूमिका कार्यसूचीमा उल्लेख छैन।

अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीतिलगायतबारे जानकारी गराइने रास्वपाले जनाएको छ ।