
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने भएको छ।
आइतबार बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी ५ जनाको नाम आयोगमा पठाउने निर्णय गरिएको हो । अन्य तीनजनाको नाम समेत क्लष्टर मिलाएर पठाइने प्रवक्ता चालिसेले बताए ।
ती मध्ये १५ जना महिलाको नाम अनिवार्य रूपमा आयोगमा पठाइने उनले बताए । निर्वाचन आयोगले समानुपातिकमा पाएको मतका आधारमा सांसद संख्याको कोटा तोकेर नाम बुझाउन भनेको थियो । कांग्रेसले आफूले बुझाएका नामहरू आयोगले नै सार्वजनिक गर्ने समेत बताए ।
प्रवक्ता चालिसेले अब बस्ने केन्द्रीय कमिटी बैठकले निर्वाचनको पूर्ण समीक्षा गरेर पार्टीको धारणा सार्वजनिक गरिने बताए।










Facebook Comments