
काठमाडौँ, ३१ असार । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा डा विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित पारित भएको छ।
कुलपति ओलीले विश्वविद्यालयको आर्थिक अवस्थालाई सुदृढ राख्न र यथार्थपरक बजेट प्रस्तुति गर्न निर्देशन दिए।









Facebook Comments