
काठमाडौँ । न्यू समिट कलेजले शैक्षिक सत्र २०८३र८४ मा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । मंगलबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्य समारोहको आयोजना गरी स्वागत गरेको हो ।
कलेज परिवार, विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको प्रमुख अतिथि कलेजका अध्यक्ष एवं त्रिविका एसोसिएट प्रोफेसर अजय ढकालले पानसमा बत्ती बालेर गरेका थिए । सो कार्यक्रममा मन्तव्य राख्दै कलेजका चेयरमेन ढकालले कलेजले अवलम्बन गरेको ‘फोर डी’ (अनुशासन,समर्पण, दृढ संकल्प र विकास)को अवधारणालाई पछ्याउँदै विद्यार्थीहरूलाई ज्ञानका साथै सीप र सकारात्मक मनोवृत्तिमा पारंगत बनाउने विश्वास व्यक्त गरे ।
उनले नवआगन्तुक विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै गुणस्तरीय शिक्षा, नैतिक मूल्य र व्यावहारिक सीपमार्फत सक्षम, जिम्मेवार तथा प्रतिस्पर्धी नागरिक उत्पादन गर्न कलेज प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका एकेडेमिक डाइरेक्टर तीर्थराज घिमिरेले केवल शैक्षिक उपलब्धि हासिल गर्नु मात्र नभई असल चरित्रको नागरिक बन्नु नै शिक्षाको वास्तविक लक्ष्य हुनुपर्नेमा जोड दिए ।
उनले न्यू समिट कलेजमा पूर्णकालिक र अब्बल शिक्षकहरूको टिम रहेको हुँदा विद्यार्थीहरूको भविष्य सुरक्षित रहेको बताए ।
कलेजका प्रिन्सिपल चोकराज दवाडीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा कलेजले सधैं केन्द्रित रहेको स्पष्ट पारे ।
कलेजका अर्का एकेडेमिक डाइरेक्टर प्रवेश ढुंगानाले न्यू समिट कलेज नेपालकै पहिलो ‘बीएससी सीएसआईटी’ कलेज भएको गौरव साझा गर्दै उनले यस संस्थाबाट धेरै विद्यार्थीहरू बोर्ड टपर भइसकेको स्मरण गराए ।
औपचारिक सत्रको समापनपछि भएको सांगीतिक कार्यक्रममा चर्चित गायक रामचन्द्र काफ्लेले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका थिए । यसका साथै कलेजका पुराना तथा नयाँ विद्यार्थीहरूले समेत विभिन्न विधामा आकर्षक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए ।










Facebook Comments