काठमाडौं । मलेसिया जाने श्रमिकमाथि भएको आर्थिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । उनलाई आज नेपाल(भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

मलेसिया पठाउने श्रमिकलाई ठगी गरेको कसुरमा उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। मलेसियामा रोजगारीका लागि जाने नेपाली श्रमिकलाई स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क तिर्न बाध्य पारिएको र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाइएको प्रकरणमा उनको संलग्नता रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

ad

यस प्रकरणमा मङ्सिर २ गते पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जना पक्राउ परेपछि अनुसन्धान थप विस्तारित भएको थियो । पक्राउ पर्नेमा यातायात विभागका महानिर्देशक राजीव पोखरेल र पूर्वसचिव विनोद केसी पनि छन् ।