
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा प्रभावित नागरिकसँग भेटघाट र छलफलका लागि पुनः प्रभावित क्षेत्रमा जाने भएका छन्।
सभापति थापा टोखा–छहरे हुँदै बेत्रावती पुग्ने कार्यक्रम रहेको सभापति थापाको सचिवालयले जनाएको छ। त्यहाँ रसुवा र नुवाकोट दुवैतर्फका बाढी प्रभावित नागरिकसँग अन्तरक्रिया हुनेछ।
त्यसपछि रसुवाको बोगटीटारस्थित होल्डिङ सेन्टरमा पुगेर प्रभावितसँग छलफल गर्ने कार्यक्रम रहेको सभापति उनको सचिवालयले जनाएको छ।
त्यसपछि नुवाकोट फर्किएर ढुङ्गे र त्रिशूली बजारका बाढी प्रभावितसँग भेटघाट तथा अन्तरक्रिया हुनेछ। नुवाकोटको विदुरमा बाढी प्रभावित सरोकार समितिसँग पनि भेटघाट र छलफल गर्ने कार्यक्रम छ।
त्यसैगरी, विदुर नगरपालिका–५ पिपलटारमा नुवाकोट र रसुवाका प्रभावित नागरिकलाई राखिएका पाँचवटा होल्डिङ सेन्टरको अवलोकन गरी त्यहाँ रहेका प्रभावितसँग छलफल गर्ने कार्यक्रम छ। त्यसपछि देवीघाट हुँदै गल्छी र गजुरी पुगेर बाढी प्रभावित नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।








Facebook Comments