काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो ।

यो गिरावटसँगै आज सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

ad

यस्तै, आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो ।