
काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट क्षेत्रमा आइतबार वर्षा भइरहेको छ। अन्य पहाडी जिल्लामा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो ४ः३५ बजेको मौसम विवरणअनुसार बाँफिकोट आसपास हल्का वर्षा भइरहेको छ।
त्यस्तै, दार्चुला, बझाङ, बाजुरा, पश्चिम रुकुम, पूर्वी रुकुम र कास्की जिल्ला तथा आसपासका क्षेत्रमा वर्षा गराउन सक्ने बादल विकसित भएको महाशाखाले जनाएको छ।
ती क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्न सक्ने भएकाले मौसमको अवस्थाबारे सचेत रहनुपर्ने देखिएको छ।
महाशाखाले २२ कात्तिक २०८३ मा सार्वजनिक गरेको विवरणमा उक्त मौसमी अवस्था उल्लेख गरेको हो।








Facebook Comments