गुल्मी। नेपाली कांग्रेसको  नियमित १५औँ महाधिवेशनअन्तर्गत गुल्मी जिल्ला अधिवेशन शुक्रबार सदरमुकाम तम्घासमा सम्पन्न भएको छ। अधिवेशनले वेदबहादुर थापा मगरलाई जिल्ला सभापतिमा निर्विरोध निर्वाचित गरेको छ। त्यस्तै, सचिवमा रविन्द्र घिमिरे सर्वसम्मत निर्वाचित भएका छन्।

अधिवेशनबाट क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा मार्कण्ड भण्डारी र क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा कृष्ण थापा निर्वाचित भएका छन्। यसैगरी, क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क्षेत्र ‘ख’ को सभापतिमा जीवन ज्ञवाली तथा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा क्षेत्र ‘क’ को सभापतिमा दर्शन थापा निर्वाचित भएका छन्।

ad

महाधिवेशन प्रतिनिधितर्फ क्षेत्र नम्बर १ बाट सुवर्ण ज्वारचन (कान्छी दिदी), वेदबहादुर थापा मगर, पृथ बहादुर फौजदार, योगराज कँडेल शर्मा, झकबहादुर पुन, भरत बस्नेत, र सुदर्शन गौतम लगायत निर्वाचित भएका छन्।

त्यस्तै, क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सुरेशचन्द्र भुसाल, ज्ञानबहादुर कार्की, पूर्ण केसी, रविन्द्र घिमिरे, मौसम भण्डारी, अधिवक्ता देवीप्रसाद रिजाल, ईभा घिमिरे र लक्ष्मी खड्काललगायत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

जनजाति, दलित, मुस्लिमलगायतका समावेशी समूह (क्लस्टर) बाट महाधिवेशन प्रतिनिधि चयन गर्न भने बाँकी रहेको पूर्ण केसीले जानकारी दिए।