काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्दै छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै पार्टीको आन्तरिक विषयमा छलफल हुने कांग्रेस नेताहरुले जानकारी दिएका छन् । बैठकबाट पदाधिकारीहरूको कार्यविभाजन गर्ने तयारी समेत रहेको छ । 

ad

असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको कार्यविभाजन हालसम्म हुन सकेको छैन ।