
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षण गर्दै सार्वजनिक रूपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिनापूर्वाग्रह, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानुन बमोजिम छानबिन गरी सत्य, तथ्य सहितको निश्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ ।
आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बसेको बैठकले छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छना नलगाउन र न्याय सम्पादनमा अवरोध पुग्न समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि आग्रह गरेको छ।
फूलकोर्टले समाचारबाट विचलित नभई न्यायिक कार्यमा क्रियाशील रहन पनि सम्पूर्ण न्यायकर्मीहरुलाई आग्रह गरेको छ।
बैठकले संविधान र कानुनको सर्वोच्चता तथा कानुनको शासनप्रति आफ्नो प्रतिबद्धता अटल रहेको जनाएको छ ।









Facebook Comments