
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज पत्रकार सम्मेलन गरेर समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे आधिकारिक धारणा सार्वजनिक गर्न लागेका छन् ।
आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरिन लागेको हो । १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि सभापति थापाले पहिलो पटक पत्रकार सम्मेलनमार्फत पार्टीको धारणा सार्वजनिक गर्न लागेका हुन् ।
पत्रकार सम्मेलनअघि सभापति थापाले पार्टीका पदाधिकारीहरूसँग छलफल गर्ने पनि बताइएको छ ।









Facebook Comments