काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू बारम्बार पालना नगरेको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एन(प्याब्सन० लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।


मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा ९२० बमोजिम एन(प्याब्सनलाई निलम्बन गरिएको जनाएको हो। मन्त्रालयले संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधि गरेकोसमेत जनाएको छ । 

ad

यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरेको थियो। उक्त छलफलमा राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनबमोजिमका कार्य गर्न आग्रह गरिएको भए पनि त्यसको पालना नभएको मन्त्रालयले जनाएको छ।

निर्देशनको निरन्तर अवज्ञा भएको भन्दै मन्त्रालयले एन(प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो।
मन्त्रालयले सूचना जारी भएपछि संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट गरिने गतिविधि गैरकानुनी हुने चेतावनीसमेत दिएको छ। त्यस्ता गतिविधिमा संलग्न भए प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।