
मोचु उपबेसिनको सिन्ताफु तालमा हिमताल विस्फोटपछि भुटानमा आकस्मिक बाढी आएको छ।
हिमताल विस्फोटबाट लाखौँ घनमिटर पानी बाहिरिएपछि भुटानको जल तथा मौसम विज्ञान राष्ट्रिय केन्द्रले नदी किनारका क्षेत्रहरूमा सुरक्षा सतर्कता र अनुगमन तीव्र पारेको छ।
भारतका असम र पश्चिम बंगालका केही भागलगायत छिमेकी क्षेत्रहरूलाई पनि उच्च सतर्कतामा राखिएको छ।
भुटान ब्रोडकास्टिङ सर्भिस जस्ता स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूका अनुसार नदीको जलसतह र पुललगायतका पूर्वाधारमा पुगेको क्षतिको निरन्तर अनुगमन भइरहेको छ । अहिलेसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन।










Facebook Comments