काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औं महाधिवेशनमा पराजित भएका तथा महाधिवेशन प्रक्रियाबाट बाहिर रहेका सबैलाई समेट्दै अघि बढ्ने बताएका छन् ।

पोखरामा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र सबैले स्पेस पाउनुपर्ने बताए। जित्नेले हस्तिनापुर पाएको जस्तो र हार्ने चाहिँ गयो भन्ने जस्तो होइन, उनले भने ।

ad

अधिवेशनबाट नेतृत्व चयन गर्नुका साथै पार्टीले गरेका निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उनले बताए। पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा भए पनि त्यसलाई आम निर्वाचनको जस्तो जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने प्रक्रियाका रूपमा लिन नहुने उनले बताए । उनले केन्द्रीय समिति बैठकमा छलफल गरेर प्रदेश र जिल्लाको अधिवेशनको मिति तय गरिने पनि बताए। स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पार्टीका प्रदेश र जिल्ला अधिवेशन सम्पन्न गर्ने उनको भनाई थियो ।

सभापति थापाले पार्टी सभापति वा नेताहरू आउँदा खादामालासहित विमानस्थल नआउन पार्टीका कार्यकर्ताहरुलाई आग्रह गरे । सभापति भनेको छ, अलगै राखेको छ, भेट्न आएका साथीहरूलाई धकेलेको छ। यो सब कुरा बदल्नुपर्छ, उनले भने ।