
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका खनाल बुधबार दिउँसो १२ बजे उपचारपछि घर फर्किएका हुन्।
खनालको सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ। अस्पतालबाट घर फर्किएपछि उनी आराम गरिरहेका छन्। केही दिन आराम गरेपछि पुनः सार्वजनिक कार्यक्रममा सहभागी हुने सचिवालयले जनाएको छ।
स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि अस्पताल भर्ना भएका खनालको उपचार डा. रोशन राउतको नेतृत्वमा रहेको चिकित्सक टोलीले गरेको थियो। उपचार प्रक्रियामा नर्सिङ टोलीसहित अन्य स्वास्थ्यकर्मी पनि सहभागी भएका थिए।
सचिवालयले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिकाबारे जानकारी दिँदै खनालको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट घर फर्किएको जनाएको छ।
हाल घरमै आराम गरिरहेका खनाल केही दिनपछि नियमित गतिविधिमा फर्किने अपेक्षा गरिएको छ।








Facebook Comments