काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमिसम्बन्धी अध्यादेशप्रति असहमति जनाएको छ ।

सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी तयारी संसदीय लोकतान्त्रिक अभ्यासअनुकूल नभएको बताइन् ।उनले कानुन संशोधनको प्रक्रिया संसद्बाट अघि बढाउनुपर्नेमा जोड दिईन् । 

ad

उनले कानुनमन्त्री सोविता गौतमको भूमिसम्बन्धी कानुन संशोधनबारेको वर्तमान अडानमाथि प्रश्न उठाउँदै विगतमा उनले राखेको धारणा र अहिले सरकारमा रहँदा लिएको नीतिबीच विरोधाभास देखिएको थापाको टिप्पणी थियो । ‘कानुनमन्त्रीज्यूले हिजो राख्नुभएको संशोधन त्यतिबेला सही हुने, तर आज त्यही संशोधन गलत हुने किन ?’ थापाले प्रश्न् गरिन् ।